७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

प्रचण्ड-माधवको प्रदर्शन अगावै बुटवलमा ओली पक्षीय युवासंघको शक्ति प्रदर्शन



बुटवल ।

ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा नेकपा ओली पक्षको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनीले बुटवलमा प्रदर्शन गरेको छ।

बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघले प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनाबमा जानुपर्ने जस्ता नारा लगाएका थिए।

भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु महेश बस्नेत, लिला गिरी, रमेश पौडेललगायतले सम्बोधन गरेका युवा संघले जनाएको छ। प्रचण्डमाधव समुहले १५ गते बुटवलमा शक्ति प्रदर्शन राखेका छन् । त्यस अवागै नै ओली पक्षले प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ४ : ०९ बजे