१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वाणगंगामा ओली समूहको नगर कमिटी बैठक बस्यो, को को भए उपस्थित ?



मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा ओली समूहको वाणगंगा नगर कमिटीको बैठक बुधबार बसेको छ । नगर कमिटी अध्यक्ष शंकर पाण्डे र सचिव टेकेन्द्र कुमार क्षेत्री सहभागी बिना बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

नगरका सह-इन्चार्ज सूर्य कुमारी शाहीको अध्यक्षता, विष्णु गिरीको संचालनमा बसेको बैठकले नगरभित्रका सांगठनिक कार्ययोजना निर्माण गर्दै माघ मसान्तसम्म वडा तथा टोल स्तरका वैठक, भेला सम्पन्न गर्ने निर्णय गरेको नेकपा ओली समूह बाणगंगाले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु सह–इन्चार्ज बिमला घिमिरेले आवश्यकताका आधारमा नेतृत्वको विकास हुने र नयाँ नेता जन्मने बताउनु भएको छ । नेता घिमिरेले संकटका बेला समस्यासंग जुध्नेहरु नै जनताका सच्चा नेता हुने जिकिर गर्नु भयो ।

राष्ट्रिय सभा सदस्य समेत रहनु भएका घिमिरेले सरकारले अघि सारेका महत्वपूर्ण अधुरा कार्यहरुलाई पुरा गर्न केपी ओली नेतृत्वको नेकपालाई नै साथ दिने जिकिर गर्नु भयो । नेता घिमिरेले सम्पूर्ण पार्टी कार्यकर्तालाई आवश्यकताको आधारमा जिम्मेवारी प्रदान गर्ने धारणा राख्नु भयो ।

राष्ट्रिय सभा सदस्य घिमिरेले नेकपा बाणगंगा नगर कमिटीको पूर्ण वैठकलाई बुधबार ४ नं. मा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । वैठकमा नेकपा केन्द्रिय सदस्य कृष्ण पौडेलले सम्पूर्ण कार्यकर्तालाई मूल धारमा आउन आग्रह गर्नु भयो । नेता पौडेलले केपी ओली नेतृत्वको सरकारले राष्ट्रियताको सवालमा ऐतिहासिक कार्य गरेको तर्क गर्नु भयो ।

त्यस्तै नेकपाका केन्द्रिय सदस्य डम्मर प्रसाद शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले विकास निर्माणका सवालमा महत्वपूर्ण सफलता हाता पारेको बताउनु भयो । नेता शर्माले केपी ओलीको पक्षमा जनलहर आएको तर्क गर्दै नेकपाले आगामी निर्वाचनमा देश ब्यापी रुपमा विजय हासिल गर्ने दावी गर्नु भयो । वैठकमा नेकपाका जिल्ला सचिवालय सदस्य राधेश्याम न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो ।

सम्पन्न वैठकमा नेकपाका नेताहरु चक्रपाणी अर्याल, यूवराज पोख्रेल, नेत्र ज्योती गिरी, विश्व कार्की, राधेश्याम न्यौपाने, शान्ता पाण्डे, चेतना अधिकारी, पूर्णचन्द्र परियार लगायतको आतिथ्यतामा सम्पन्न भएको नेकपा बाणगंगा नगर कमिटीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७ बुधबार ००:००  ६ : ४१ बजे