२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सभामुख सापकोटाद्धारा संवैधानिक नियुक्ति सिफारिस



काठमाडौं ।
सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएर पनि बैठक बस्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाविनै बसेको बैठकले विभिन्न्न संवैधानिक निकायमा नियुक्ति गर्न सिफारिस गरेको थियो । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो ।

यसबारे सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएएको बताएका छन् । सभामुख सापकोटाले नियुक्ति सिफारिस फिर्ता गरेको बोधार्थ राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेतालाई पठाएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ४ : ४६ बजे