५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

फिफा क्लब विश्व कपको उपाधि बायर्न म्युनिखले जित्यो



काठमाडौं ।
जर्मन च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। गएराति सम्पन फाइनल खेलमा मेक्सिकन क्लब टाइग्रेस उआनललाई १-० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । बायर्नको जितमा खेलको ५९औ मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

योसँगै बायर्नले दोस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। यसअघि बायर्नले २०१३ मा यो उपाधि जितेको थियो । फिफा क्लब विश्वकपको उपाधि अहिलेसम्म सबैभन्दा धेरै रियल म्याड्रिडले ४ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ।

प्रकाशित मिति : ३० माघ २०७७ शुक्रबार ००:००  ७ : १९ बजे