१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तु र अर्घाखाँची जोड्ने विक्रम–पावरामा पक्की पुलको काम शुरु



मायादेवी अनलाइन, वाणगंगा ।
पूर्वी कपिलवस्तु र दक्षिणी अर्घाखाँचीलाई जोड्ने वाणगंगा नदीमा पक्की पुलको काम धमाधम शुरु भएको छ ।

बर्षौदेखि पुल नहुँदा आवातजावतमा समस्या हुँदै आएको भएपनि यो बर्षदेखि पुल बन्न थालेको हो ।

अर्घाखाँचीको साविक सिमलपानी गाविसबासीलाई कपिलवस्तु आवाज जावत गर्न यो पुलले महत्वपूर्ण भूमिका खेल्छ ।

गत बर्ष नै पुलको ठेक्का लागेपनि यो बर्ष देखि काम सुरु भएको शितगंगा नगरपालिकाका उप-मेयर टिका रेश्मीले बताउनुभयो । आफुहरुको अथक प्रयासबाट पावरामा पूल बन्न लागेको भन्दै अबका केही बर्षपछि स्थानीय पुलबाट लाभान्वित हुने उपमेयर रेश्मीले बताउनुभयो ।

१४ करोडमा ठेक्का सम्झौता पछि पावरमा पुल बन्न लागेको बताउँदै उप-मेयर रेश्मीले अब दक्षिणी अर्घाखाँचीबासीलाई तराईसंग जोड्न सकिने भन्दै खुसी व्यक्त गर्नुभयो ।

कपिलवस्तुबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि पावरा–विक्रममा पुल बनाउन लामो समय देखि पहल गर्दै आउनुभएको थियो ।

यो समाचार पढ्नुहोस्

विक्रम पावरामा निर्माण हुने पक्की पुलको सरकारी टोलीद्धारा स्थलगत निरिक्षण

स्थानीयबासीको दशकौं देखिको लामो प्रतीक्षा पुल निर्माण हुन थालेपछि अब साकार भएको सांसद पन्थीले बताउनुभयो ।

पुलको निर्माण सम्पन्न भए पछि स्थानीय उत्पादनले राम्रो बजार पाउने र आफ्नो उपभोग र आवश्यकताका सामान सस्तोमा पाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पुल बन्ने स्थलगतको अनुगमन पछि सांसद पन्थीले पत्रकारहरुसंग भन्नुभयो–‘ पुल निर्माण पछि जनताको जिबनस्तर माथि उठनेछ । स्कुल पढ्ने नानीहरूलाई बर्खाको भेलमा नदीमा होमिन पर्ने छैन । बिरामी अस्पताल पु¥याउन सजिलो हुनेछ ।’

बाणगंगा र शितगंगाको बिकासको कोशेढुङ्गा यो सडक छिटो कालोपत्रे गर्न प्रदेश सरकारको ध्यानाकर्षण पनि उहाँले गराउनुभएको छ ।

मायादेवीले पुल बनाउन ध्यानाकर्षण गराएको थियो

कपिलवस्तु– अर्घाखाँचीको सिमानाका पावरामा बनेन पूल, आवतजावतमा समस्या

प्रकाशित मिति : ३० माघ २०७७ शुक्रबार ००:००  ८ : ४६ बजे