१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विक्रम पावरामा निर्माण हुने पक्की पुलको सरकारी टोलीद्धारा स्थलगत निरिक्षण


२ भाद्र २०७६ सोमबार ००:००  

0
Shares

मायादेवी अनलाइन, वाणगंगा ।
शितगंगा नगरपालिका १४ स्थित विक्रम पावरा गाउँ जोड्ने वाणगंगा नदीमा निर्माण हुन लागेको पक्की पुलको स्थलगत निरिक्षण एक उच्च स्तरिय सरकारी टोलीले आज गरेको छ । अर्घाखाँची कपिलवस्तु जोड्ने वाणगंगा नदीमा निर्माण हुन लागेको पक्की पुलको प्रदेश साँसद विष्णु पन्थी, शितगंगा नगरपालिकाका उपप्रमुख टिका रेश्मी, सडक डिभिजन शिवपुरका प्रमुख ईश्वर बहादुर रिजाल, वडा अध्यक्ष दामोदर न्यौपाने, वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, सामुदायिक बनका अध्यक्ष अमित पौडेल लगाएतको टोलीले निरिक्षण गरेको हो । साविक सिमलपानी गाविस हाल शितगंगा नगरपालिका वडा नम्बर १४ स्थित विक्रम र पावरा गाउँ जोड्ने पक्की पुलको डिपिआर तयार भईसकेको छ । डिपिआर तयार भइसकेपछि संघीय सरकारको कार्यक्रममा पक्की पुल योजना समावेश भएकाले अव चाडै नै निर्माणको प्रकृया शुरु हुने प्रदेश साँसद विष्णु पन्थीले जानकारी दिनुभयो । उक्त पुल निर्माण पछि दुई जिल्ला विचको सिधा सम्पर्क, जनजीवनमा सहजता पुग्नेछ भने आर्थिक दृष्टिकोणले समेत टेवा पुग्ने साँसद पन्थीले बताउनुभयो । वाणगंगा नदीमा आउने बाढिका कारण जोखिमा रहेका बालबालिकाको संरक्षण र स्थानीय वासिन्दाको दैनिकीमा समेत सुधार आउने साँसद पन्थीले बताउनुभयो ।
डिपिआर स्वीकृत पछि सडक विभागले आवश्यक प्रकृया पुरा गरेर चाडै नै पक्की पुलको निर्माण प्रकृया शुरु गरिने सडक डिभिजन शिवपुरका प्रमुख ईश्वर बहादुर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रिय सरकारको लागतमा बहुवर्षीय योजना अन्तरगत उक्त पक्की पुलको लागि बजेट आएकाले तत्काल काम अघि बढ्नेछ । हाललाई १३ लाख बजेट योजनाको लागि स्वीकृत भईसकेको र काम गर्दै जाँदा बजेट आउन कुनै समस्या नहुने डिभिजन प्रमुख रिजालको भनाइ छ । उक्त पक्की पुलको डिपिआर तयार भईसकेको र आवश्यक प्रकृयाबाट सडक विभागले वाणगंगा नदीमा पक्की पुल निर्माणको काम शुरु हुने बताइएको छ ।
विक्रम पावरा सिमलमानी हुदै अर्घाखाँची जोड्ने वााणगंगा नदीमा पुल नहुँदा लामो समयदेखि यहाँका नागरिकले सास्ती भोग्नुपरेको शितगंगा नगरपालिकाका उपप्रमुख टिका रेश्मीले बताउनुभयो । पटक पटक केन्द्रिय सरकारमा पुल निर्माणका लागि पहल गरिरहदा यसवर्ष नेपाल सरकारको योजनामा समावेश गर्न सफल भएको उपप्रमुख रेश्मीले बताउनुभयो । उहाँले पक्की पुल निर्माण भएपछि सिमलपानी बासीका नागरिकमा खुशी छाउने बताउनुभयो ।
बाढिका कारण विद्यार्थी घर फर्किए


वाणगंगा नदीमा सोमबार विहान आएको बाढिका कारण विद्यार्थीहरु घर फर्किएका छन् । वाढिका कारण शितगंगा नगरपालिका १४ स्थित विक्रमसोताका विद्यार्थी घर फर्किएका हुन् । शिगतंगा नगरपालिका १४ स्थित विक्रम पावरा जोड्ने वाणगंगा नदीमा पुल नहुँदा आएको बाढिका कारण विद्यार्थी घर फर्किएका हुन् । विक्रमसोता गाउँका झण्डै ३ सय विद्यार्थी बाढिका कारण स्कुल जानबाट बञ्चित भएका हुन् । उनीहरु श्री पावरा माध्यमिक विद्यालयमा पढ्न जानु पर्दछ । पावरा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत मोहन थापा मगर वाणगंगा नदीमा आएको ठुलो बाढिका कारण स्कुल जान नसकेको बताएका छन् । उनले सानो खोला भए तरेर जाने गरेको तर यो ठुलो बाढिका कारण आफु जान नसक्ने बताए । बाढिका कारण बालबालिका पढ्न जान नपाएको प्रत्यक्ष देखेका प्रदेश साँसद विष्णु पन्थी लगाएतको सरकारी टोलीको पक्की पुलको आवश्यकता खट्किएको महसुस गरेका थिए ।
मोहन थापा जस्तै सयौं विद्यार्थी नदीमा आएको बाढिका कारण घर फर्किएका हुन् । केही विद्यार्थी स्कुलको ड्रेस, कापी किताव झोलामा राखेर खोला तर्ने प्रयास गरेको बताइएको थियो तर अभिभावकले रोकेर राखेका थिए । अभिभावकले नरोके उनीहरु बाढि तरेर समेत जाने गरेको बताए । उनीहरु वर्षायाममा बाढिका कारण धेरै दिन विद्यालय जानबाट बञ्चित हुने गरेका छन् । कतिपय विद्यार्थी बाढिमा जोखिम मोलेर स्कुल जाने आउने गरेको स्थानीय प्रेम मगरले बताए । कक्षा ४ देखि १० सम्म पढ्न पावरा माध्यमिक विद्यालयमा विक्रमसोताका विद्यार्थी जाने गर्दछन् । पावराका विद्यार्थी पनि खोला बढेका कारण कपिलवस्तु पढ्न आउन बञ्चित हुने गरेको बताइएको छ ।
नदीमा पक्की पुल नहुँदा बाढि आउदा वैकल्पिक रुपमा झोलुङ्गे पुल भएपनि निकै जोखिम र टाढा भएको स्थानीयले बताएका छन् । बाढिमा जोखिम मोलेर स्कुल आउदा जादा बालबालिकाको दैनिकीमा सहज बनाउनु पर्ने अभिभावकहरु बताउछन् । बालबालिकाको पढ्न पाउने मौलिक अधिकारको ग्यारेन्टीका लागि पनि सरकारले तत्काल पक्की पुल निर्माण गर्नुपर्ने शितगंगा १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : २ भाद्र २०७६ सोमबार ००:००  ९ : २१ बजे