८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तु– अर्घाखाँचीको सिमानाका पावरामा बनेन पूल, आवतजावतमा समस्या



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु अर्घाखाँची सिमानामा रहेको पावरास्थित बाणगँगा नदीमा वर्षौदेखी पूल नवन्दा स्थानीयले आवतजावतमा समस्या भोग्दै आएका छन् ।
पुल निर्माणका लागी संघीय, प्रदेश र स्थानीय तहले प्रयाश थालेपनि राष्टपति चुरे संरक्षणका नाममा रोकिएको छ । जसले गर्दा वर्षौदेखी पुल निर्माण हुने आशामा बसेका स्थानीयबासिन्दा आक्रोषित छन् । अर्घाखाँची कपिलवस्तु विचको पावरामा पुल निर्माण नहुँदा वर्षायाममा वितेका वर्षमा नदिले वगाएर स्कुले विद्यार्थी सहित दर्जन बढिले ज्यान गुमाइसकेका छन् ।
सिमलपानीका ७० बर्षिय बृद्ध टामलाल न्यौपाने पावरामा पुल बनेको कहिले देख्न पाइएला भन्ने आशामा छन् । बाणगँगा नगरपालिका र अर्घाखाँचीको शितगँगा नगरपालीका बासिन्दालाई पावरामा पुल बने प्रत्यक्ष फाइदा हुने देखिन्छ ।

प्रकाशित मिति : १६ असार २०७६ सोमबार ००:००  १० : २० बजे