१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भए



काठमाडौं ।
नेपालमा साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा एक सय ३६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार सात सय ५५ पुगेको छ । यो संख्या कुल सङ्क्रमितको ९८ दशमलव ६८ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा एक हजार पाँच सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये ५४ जनाको आईसीयू र १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७ शनिबार ००:००  ७ : ०५ बजे