१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

३ हजार ६८१ मा कोरोना परीक्षण गर्दा १२५ लाई कोरोना



काठमाडौं ।
नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । पछिल्लो २४ घन्टामा ९० जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ९६६ पुगेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७ सोमबार ००:००  ६ : १२ बजे