हेडमार्फत रोनाल्डोले २ गोल गर्दा युभेन्टसको जित


एजेन्सी ।

क्रिष्टियानो रोनाल्डोले हेड मार्फत गरेका दुई गोलको सहयोगमा जित निकाल्दै युभेन्टस इटालियन सिरी ए फुटबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३–० ले पराजित गरेको हो । रोनाल्डोले ३८ र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हेड मार्फत गोल गरेका हुन् । यस्तै वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरे ।

रोनाल्डोले सिरी ए मा अहिलेसम्म ७० गोल गरिसकेका छन् । उनी यो सिजन सिरी ए का सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । १८ गोल गरेका उनले इन्टर मिलानका रामेलु लुकाकुलाई उछिनेका हुन् ।
जित निकालेको युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा पुगेको छ । उ २३ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा रहेको इन्टर मिलान भन्दा ८ अंकले पछि छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस