११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

भारतमा थप १० हजार ७९२ जनामा संक्रमण, ८० जनाको मृत्यु



काठमाडौँ ।
भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ७९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ४९८ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख १० हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४८ हजार ८८२ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७ मंगलबार ००:००  ९ : ०५ बजे