१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भव्य समारोहका बीच बुद्धभूमिमा चौथो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा चौथो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको एक भव्य समरोहका बीच उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनाल, नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप प्रमुख मिरा थारुले एक भव्य समारोहका बीच मेयर कप र रनिङ शिल्ड प्रतियोगीताको शुक्रबार उद्घाटन गर्नुभएको हो ।

नगरभित्रका सरकारी तथा निजी विद्यालयको सहभागी रहेको दुवै खेल १७ गतेसम्म चल्ने छ । प्रतियोगीतामा झण्डै दुई दर्जन खेल खेलाइने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

वार्षिक रुपमा संचालन गर्दै आएको मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडागत तहमा फागुन १ देखि सञ्चालन भएपनि शुक्रबारदेखि नगर स्तरमा सञ्चालन गरिएको हो ।

प्रतियोगीता उद्घाटन गर्दै जिसस प्रमुख खनालले विद्यार्थीलाई आ आफ्नो क्षमता प्रदर्शन गरी उपाधि चुम्न आग्रह गर्नुभयो । विद्यालय तहमा सञ्चालन हुने यो प्रतियोगीताले भविष्यमा राम्रो प्रभाव पार्ने भन्दै अनुशासन पूर्वक खेल खेल्न आग्रह गर्नुभयो ।

प्रत्येक वर्ष विद्यालय तथा अन्य खेलकुदसंग सरोकार राख्ने महानुभावहरुको आवश्यकतालाई मध्य नजर गर्दै खेलकुद प्रतियोगिता संचालन गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

फागुन ५ गतेसम्म विभिन्न विद्यालयहरुको बीचमा सबै वडाहरुमा खेलकुद सम्पन्न गरेर आजदेखि नगर स्तरिय प्रतियोगीता राखिएको मेयर श्रेष्ठले बताउनुभयो ।

राष्ट्रपति कपको विभिन्न खेलकुदमा विद्यालयहरु सहभागी हुनेछन् भने मेयर कपमा विद्यालय तथा खुल्ला समूहहरु सहभागी हुने र फुटवल लगायतका खेलहरु हुने उहाँले जानकारी दिनुभयो ।

खेलकुद संचालनको लागि नगर शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईको संयोजकत्वमा ११ सदस्यिय समिति समेत बनाएर तयारी गरिएको थियो ।

शिक्षा अधिकृत भट्टराईको सञ्चालनमा भएको उद्घाटनसस्त्रमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी सबैलाई आमन्त्रण गरिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  ७ : २५ बजे