२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

बेल चम्किएपछि टोटेनहमको सानदार जित



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे ।

ह्यारी केन र लुकास मौराले एक एक गोल थपे ।खेलको दोस्रो मिनेटमा बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।खेलको १५ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता २(० को बनाए ।३१ औं मिनेटमा लुकासले गोल गरेपछि टोटेनहमले ३-० को अग्रता बनायो ।

त्यसपछि खेलको ५५ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ४- ० को जित दिलाए ।जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोडेको छ ।टोटेनहम तालिकाको आठौं स्थानमा रहेको छ । बर्नली २८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७ सोमबार ००:००  ६ : २२ बजे