८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानमन्त्री ओली आज मोरङ जाँदै



काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी जाने भएका छन्। उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री ओली मंगलबार जान लागेका हुन्।‘प्रधानमन्त्रीज्यू आज दिउँसो २ बजे यहाँ आउने कार्यक्रम छ,’ उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले सेतोपाटीसँग भनिन्।

जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी छ। सहरी विकास मन्त्रालयमार्फत् करिब दुई वर्षमा बस्ती निर्माण सक्ने लक्ष्य छ।प्रधानमन्त्री ओली सोमबार पोखरा गएका थिए भने आइतबार विराटनगर गएका थिए।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओली देशका विभिन्न ठाउँ पुगेका छन्। पछिल्लो समय प्रधानमन्त्री ओली शिलान्यास र उद्घाटनका कार्यक्रममा सहभागी हुने गरेका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७७ मंगलबार ००:००  ८ : ३२ बजे