२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

स्पेनिस ला लिगाः मेस्सीको सहयोगमा गोलमा बार्सिलोनाको जित



एजेन्सी ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोर्डी अल्बा र १८ वर्षे किशोर इलाइज मोरिबाले गोल गरे ।

दुवै गोलमा लियोनल मेस्सीले सहयोग गरेका हुन् । अल्बाले ३० औँ तथा मोरिबाले ८३ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ५८ अंक र एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडको ५३ अंक छ ।

ला लिगाका अन्तर्गत शनिबार राति भएका अरु खेलमा रियल भालाडोलिडले गेटाफे तथा एल्चीले सेभिल्लालाई समान २–१ तथा काडिजले एइबरलाई १–० ले पराजित गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ६ : १७ बजे