मायादेवी अनलाइन, तौलिहवा ।
गोपालमणी ज्ञवालीको नेतृत्वमा नेपाल बाल संगठन कपिलवस्तुको समितिले पूर्णता पाएको छ । शनिबार बाल मन्दिर तौलिहवामा भएको अधिवेशनबाट ज्ञवालीको नेतृत्वमा आगामी चार बर्षका लागि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
समितिको सदस्यहरुमा श्याम प्रसाद सुबेदी, सन्तोष कुमार श्रीवास्तव, कृष्ण सापकोटा, प्रेम कला थापा (रेनुु), श्याम प्रकाश प्रजापति, निर्मला न्यौपाने र सन्दिप प्रताप प्रताप मौर्या निर्वाचित हुनुभएको छ ।
नव निर्वाचित पदाधिकारीहरूलाई नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष श्री बिद्या न्यौपानेले सपथ खुवाउनुभएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी, सशस्त्र प्रहरी नायव उपरिक्षक गोपाल बहादुर श्रेष्ठ, नेपाल बाल संगठन केन्द्रीय कार्यालयका नि.निर्देशक प्रियंका शर्माको आतिथ्यतामा सम्पन्न भएको थियो ।
यता तौलिहवा आसपासका केही व्यक्तिले बाल संगठनमा सबैको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै समिति गठनमा आपत्ति जनाएका थिए । विभिन्न सात बुँदे माग राख्दै उनीहरुले आफ्नो माग पूरा नगर्दासम्म बाल संगठनको कार्यालयमा ताला लगाएका थिए ।
यस्तो छ माग








प्रतिक्रिया