८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नेपाल महिला संघले मनायो १११ औं अन्तर्राष्ट्रिय नारी दिवस



मणि प्रसाद गैेह्रे, कपिलवस्तु ।

१११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपाल महिला संघ कपिलवस्तुले तौलिहवामा अन्र्तरक्रिया कार्यक्रम गरि मनाएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित यो दिवस मनाइएको हो । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गरिएको हो । नेपालको संविधानमा मौलिक हक अन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।
तौलिहवा स्थित नेपाली कागे्रंसको पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाली कागे्रंसका नेता एवं पुर्व मन्त्री दिप कुमार उपाध्यायले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गरिएको हुंदा महिलाहरुले उक्त अवसर पाउन सक्ने क्षमता विकास गर्नुपर्ने बताए ।
समुदाय स्तरमा जनचेतना फैलाई महिलाहरुले हक अधिकार लिन सक्ने काम महिला संघले गर्नुपर्ने बताए । कार्यक्रममा महिला संघकी केन्द्रिय सदस्य इन्द्रिरा भट्राई प्रदेश सभा सदस्य रिना नेपाल, रुन्दावती दुवे, शान्तिदेवी सुनार, शिक्षक महासंघकी अध्यक्ष दिना सुवेदी, महिला नेतृ रेखा पौडेल, नेपाली कागे्रंसका प्रचार विभाग सदस्य वजिह अरसद, जिल्ला सदस्य परमेश्वर पाठक, ट्रेड युनियनकी वालकुमारी अधिकारी, श्रमिक संघकी विमला गैरे, चोपकला विसी, सिता न्यौपाने, लगायतले नारी दिवसको बारेमा वोलेका थिए । नेपाल महिला संघकी जिल्ला सभापति मिना केसीको अध्यक्षता र सचिव गौरा अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७ सोमबार ००:००  ७ : ३४ बजे