१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित



एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।सोमबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई १(० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा उनले निर्णायक गोल गरेका थिए ।

यस जितसँगै इन्टरले उपाधि होड बलियो बनाएको छ ।यस्तै इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ ।इन्टरले २६ खेलमा ६२ अंक जोडेको छ ।

मिलानको २६ खेलमा ५६ अंक रहेको छ । पाँचौं स्थानमा रहेको एट्लान्टाको २६ खेलमा ४९ अंक रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  ७ : ५१ बजे