७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आजबाट धुम्बाराहीमा एमालेको झण्डा फहरिने, साइनबोर्ड टल्कने



काठमाण्डौ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम, झण्डा र साइनबोर्ड राखिने भएको छ ।

सर्वोच्च अदालतको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् ।

धुम्बाराहीमा रहेको एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेर्ने तयारी भएको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्थानमा आजबाट एमालेको सूर्य चिन्ह फहरिनेछ । एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  ८ : १२ बजे