४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

जसपासँग छलफल गर्नुअघि कांग्रेसले बोलायो पदाधिकारी बैठक



काठमाण्डौँ ।

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।शुक्रबार अपरान्ह ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।‘आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ,’ उनले भने।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो।साथै जनता समाजवादी पार्टी नेपालले पनि कांग्रेससँग छलफल गर्न समय लिएको छ।पौडेलका अनुसार जसपा नेताहरूसँग सभापति देउवालगायतले अपरान्ह ४ बजे बुढानिलकण्ठमा नै छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।

जसपाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेको थियो।

प्रकाशित मिति : २८ फाल्गुन २०७७ शुक्रबार ००:००  १२ : ५५ बजे