२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

तुलसीपुरले प्रेमराज चौधरीले बनाएको लोगो प्रयोग गर्ने



दाङ ।
तुलसीपुर उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठौं नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले बनाएको लोगोलाई उत्कृष्ट लोगोका रूपमा सार्वजनिक गरिएको हो।

उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरूलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो।

प्रतिस्पर्धामा १७ वटा लोगो प्राप्त भएको र त्यसको छोटो सूची तयार पारेर ३ वटा लोगो कार्यपालिकाको बैठकमा पेश गरिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए।

कार्यपालिकाको ९८ औं बैठकले अन्तिम लोगो छनोट गरेको हो। उत्कृष्ट लोगो बनाउनेलाई उपमहानगरपालिकाले २० हजार पुरस्कारको घोषणा समेत गरेको छ।

मंसिर १५ गते लोगो निर्माणका लागि सार्वजनिक आह्वान गरिएको थियो। लोगो छनोट समितिमा निमित्त प्रशासकीय अधिकृत भाष्करराज गौतम, अशोक थारु, बसन्त आचार्य, बाबुराम न्यौपाने, देवराज विक, कुमार लामिछाने र विष्णु आचार्य रहेका थिए।

प्रकाशित मिति : १ चैत्र २०७७ आइतबार ००:००  ७ : ५२ बजे