२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको डेढ घण्टे खासखुसमा के भयो ?



काठमाडौँ । राजनीतिक संकट गहिरिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार करिब डेढ घण्टा भेट भएको छ।

प्रधानमन्त्री ओली साँझ ७ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए। उनी करिब साढे ८ बजे त्यहाँबाट निस्किएका थिए। आफू नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने र नयाँ सरकारका लागि विभिन्न दलहरुबीच छलफल चलिरहेका बेला ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।

माओवादी केन्द्रले ओली नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ। सर्वोच्च अदालतको पछिल्लो फैसलाले तत्कालीन एमाले र माओवादी ब्युँतिएपछि नेपाली राजनीतिमा नयाँ कोर्स सुरु भएको छ।

त्यसअघि आफ्नै पार्टीको समूहले हटाउने तयारी गरेको संकेत पाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गरेका थिए। तर त्यसलाई सर्वोच्च अदालतले उल्ट्याई दिएको थियो। आफ्नै पार्टीभित्रको आन्तरिक किचलोका कारण अप्ठेरो पर्दै गएपछि प्रधानमन्त्री ओलीको राष्ट्रपति भण्डारीसँगको नियमित भेटघाट बाक्लिरहेको छ।ण्

प्रकाशित मिति : २ चैत्र २०७७ सोमबार ००:००  ६ : ३४ बजे