४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

संसद्‌लाई निष्प्रभावी बनाउने खेल भयोः ओली



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌लाई निष्प्रभावी बनाउने खेल भएको आरोप लगाएका छन्‌।
बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई संवोधन गर्दै ओलीले प्रतिनिधि सभा पुनस्स्थापना भएपछिको पहिलो दिनदेखि नै व्यवधान खडा गरिएको बताएका हुन्‌।

​प्रतिनिधि सभा विघटन गर्नुको कारण पुष्टि हुँदैछ, ओलीले भनेका छन्‌, संविधानअनुसार अधिवेशन शुरू भएको पहिलो दिन नै अध्यादेशहरू पेश गर्नुपर्छ, संसद्‌बाट कानून ल्याएर जाँदा धेरै ढिला हुने थियो, बीचमा धेरैको ज्यान जान सक्थ्यो, त्यसैले अत्यावश्यक अध्यादेश ल्याइएको थियो, तर व्यवधान खडा गरियो। अध्यादेश पेश गर्न जाँदा सभामुख मन्त्रीलाई रोकेका र पछि बैठक कार्यसूची बदलेर बैठक नै अर्को दिन बस्नेगरी सारिएकोप्रति ओलीले असन्तुष्टि प्रकट गरे।
ुसंविधान कार्यान्वयनमा सभामुखको जुन कर्तव्य थियो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति भए, सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिन खोजियो, ओलीले थपे, संसद्‌लाई कति निष्प्रभावी र कामकाजी बनाउन खोजियो भन्ने प्रष्ट भयो।

अदालतले फैसला गर्नुभन्दा अघि नै पार्टी फुटाइएको पनि ओलीले दाबी गरे। आफूहरूलाई बाटो-बाटोमा बैठक बसेर जिम्मेवारीबाट हटाउने काम भएको र विधि तथा पद्धतिलाई बाटोमै पुर्‍याइएको ओलीले बताए।

प्रकाशित मिति : ३ चैत्र २०७७ मंगलबार ००:००  १२ : ५९ बजे