७ असार २०८३, आइतबार | Sun Jun 21 2026

चीनले अनुदानमा दिएको कारोनाविरुद्धको ८ लाख डोज खोप आइपुग्यो



काठमाडौं ।
चीन सरकारले दिएको कारोना भाइरसविरुद्धको खोपलगायतका सहायता सामग्री आज नेपाल आइपुगेको छ। सहायता समाग्री लिन चिन गएको नेपाल एयरलाइन्सको विमान आज बिहान ८ बजेर ४२ मिनेट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री ह्दयश त्रिपाठीलाई हस्तान्तरण गरिन्। विमान हिजो बेलुकी खोप लिन बेइजिङ गएको थियो।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनले सहयोगस्वरुप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आठ लाख मात्रा खोपलगायत अन्य सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको थियो। निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला बेइजिङ तथा ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

प्रकाशित मिति : १६ चैत्र २०७७ सोमबार ००:००  ११ : ३७ बजे