३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

फेरि बढ्यो खतरा, भारतमा तीव्र गतिमा फैलदै कोरोना



एजेन्सी ।
२८ मार्चमा भारतमा संसारकै सबैभन्दा धेरै ६८ हजार २० जना कोरोना संक्रमित पाइए । यो आँकडा पछिल्लो १ सय ६९ दिनयताको सबैभन्दा धेरै हो ।

यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४ हजार ४ सय १८ जनामा संक्रमण देखिएको थियो । भारतका १५ भन्दा धेरै जिल्लामा कोरोनाको दोस्रो लहरले भयानक रुप लिइसकेको छ । यी जिल्लामा नयाँ संक्रमितको संख्या लगातार बढिरहेको छ । यद्यपी, अझै पनि दोस्रो लहरको उच्च अवस्था आइसकेको छैन ।

उच्च बिन्दु कतिबेला आइपुग्छ रु यसबारे कुनै पनि वैज्ञानिक स्पष्टसँग केही पनि बोल्नसक्ने अवस्थामा छैनन् किनकी अहिलेको अवस्थालाई संक्रमणको दोस्रो लहरको सुरुवाती चरण मानिएको छ ।

सेप्टेम्बर २०२० मा पहिलो चरणको उच्च अवस्थामा महाराष्ट्रका केही जिल्लामा संक्रमितको ग्राफ जे थियो, अहिले त्यो तीन गुणाभन्दा धेरै भइसकेको छ ।

महाराष्ट्रको अवस्थाबाट सिक्नु जरुरी

वैज्ञानिकहरुका अनुसार महाराष्ट्रको अहिलेको अवस्थाबाट सबै राज्यले सिक्नुपर्छ । महाराष्ट्रमा नयाँ बिरामीको संख्या बढ्नुको प्रमुख कारण परीक्षण कम हुनु हो ।

मुम्बई, पुणे, नागपुरजस्ता जिल्लाबाट हरेक १ सयमा परीक्षण गर्दा २० भन्दा धेरै संक्रमित देखिएका छ । संक्रमणको दोस्रो लहर पहिलेको दाँजोमा धेरै संक्रामक छ भन्ने यसैले देखाउँछ ।

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  ४ : ५४ बजे