१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बुद्धभूमिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेको छ ।

आर्थिक बर्षको अन्त्य तिर हतार हतार बजेट सकाउनकै लागि भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको भन्दै आलोचना भैरहेको बेला बुद्धभूमि नगरपालिकाले समयमै कार्यक्रमको शुभारम्भ गरेको हो ।

जस अन्तरगर्त नगरपालिकाले वडा नं. १ मा तारकेश्वर धामको सौन्दरीकरणकरणमा १ सय ४० पुरुष र ८३ महिला गरी २ सय २३ जनालाई काममा लगाएको छ ।

कोभिडका कारण वैदेशिक रोजगारबाट फर्किएका युवा तथा बेरोजगार रूपमा रहेका नगरपालिका भित्रका बेरोजगार व्यक्तिलाई प्राथमकिता दिदैं उक्त काममा लगाइएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा ७ योजना सञ्चालन गर्ने नगरपालिकाले लक्ष्य राखेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । जसको लागि ६० लाख २० हजार बजेट रहेको उहाँले बताउनुभयो ।

वडा नं. १ को तारकेश्वर धाम सौन्दरीकरणका लागि १० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष तेज बहादुर बस्नेतले बताउनुभयो । यो धाम नगरको चर्चित धार्मिक पर्यटकीय क्षेत्र हो ।

यस्तै कार्यक्रम अन्तरगत यो बर्ष वडा नं. २ को बडहरा देखि एन.सि.एलको टावर गोरूसिंगे जोड्ने सडक निमार्णको काममा लगाउने नगरपालिकाले योजना बनाएको छ । गत वर्ष नगरपालिकाले १ हजार ६६५ जनालाई रोजगारी प्रदान गरेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७७ शुक्रबार ००:००  ७ : ४७ बजे