अष्टलक्ष्मी शाक्यको नेतृत्वमा खनाल–नेपाल समूहले बनायो बागमती प्रदेश समानान्तर कमिटी


काठमाडौं ।

एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ। केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
जसको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन्। सचिवमा रचना खड्का रहेकी छन् ।

समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने भएको छ। सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।
अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको खनाल नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस