३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

एमाले प्रवेश गरेका चार सांसद माओवादी केन्द्रबाट निष्कासित



काठमाडौँ ।

संसद सचिवालयले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित चार जना सांसदहरु उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम रोजगार तथा सामाजिक मन्त्री गौरीशंकर चौधरी एमाले प्रवेश गरेकाले उनीहरुमाथि कारबाही गर्न माओवादीले पठाएको पत्र दर्ता भएको जानकारी दिएको छ।

नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि सात मन्त्रीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो। यीमध्ये संसद सचिवालयले प्रतिनिधिसभाका चार जना सांसदहरुको कारबाहीसम्बन्धी सूचना प्राप्त भएको जानकारी दिएको हो।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई विलयपूर्वको अवस्थामा पुर्‍याएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  ४ : २२ बजे