पत्रकार महासंघ कपिलवस्तुको मतदान सकियो


मायादेवी अनलाइन, जितपुर ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुको मतदान सकिएको छ । आज बिहान ११ बजेबाट ५ बजेसम्म भएको मतदानमा कुल १६६ मतदाता मध्ये ९५ प्रतिशत अर्थात १५४ जना पत्रकारहरुले मतदान गरेको निर्वाचन संयोजक नारायण पौडेलले बताउनुभयो ।

जिल्लामा अध्यक्ष सहितका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएपनि महिला उपाध्यक्ष र ७ खुला सदस्यका लागि मतदान भएको हो ।

महिला उपाध्यक्षका लागि स्वेता गिरी र कार्यसमिति सदस्यमा सदस्य शारदा केसी बीच प्रतिस्प्रर्धा रहेको छ । यसैगरी ७ जना खुला सदस्य निर्वाचित हुनु पर्नेमा ९ जना उमेद्धार भएपछि सदस्यमा पनि निर्वाचन भएको निर्वाचन समितिका संयोजक नारायण पौडेलले जानकारी दिनुभयो ।

जस अनुसार संयुक्त प्यानलवाट कृष्ण पौडेल ख , मणि गैरे, पार्वती आचार्य, मनिष कार्की, दिपक कुँवर र नारायण प्रसाद भटराई रहनु भएको छ ।

यस्तै दिपक अनुरागी र पिताम्वर घिमिरेले पनि स्वतन्त्रबाट उमेद्धवारी दिनुभएको छ । यसैगरि १२ जना प्रदेश पार्सद र ४ जना केन्द्रिय पार्सद यस अघि नै सर्वसम्मत निर्वाचित हुनु भएको छ । अबको केहि समयमा नै मतगणना सुरु हुने जनाइएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस