दैनिक उपभोग्य वस्तुको मूल्य अकासियो


काठमाडौं ।
दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ । अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ ।

भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ । यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ ।

गत वर्ष चैतको तुलनामा यसपटक मुख्य गरी हरियो तरकारीको मूल्य निकै बढेको छ । कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार काउली, घिरौंला, घिउसिमी, भान्टा, लौकालगायत हरियो तरकारीको मूल्य वृद्धि भएको छ । प्याज र आलु भने केही सस्तिएका छन् ।

किसानले पर्याप्त परिमाणमा खेती नगरेकाले उत्पादनमा कमी आई हरियो तरकारीको मूल्य वृद्धि भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस