२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

आईपीएलः मुम्बईको तेस्रो जित, राजस्थान स्तब्ध



एजेन्सी ।
मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दिल्लीमा बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विन्टन डी ककले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कुर्नाल पाण्डेले ३९ रन बनाए ।

यस्तै सूर्यकुमार यादवले १६ रन जोड्दा कप्तान रोहित शर्माले १४ रन बनाए । केइरन पोलार्ड १६ रनमा अविजित रहे । राजस्थानका क्रिस मोरिसले २ विकेट लिए । मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ४२ रन बनाए ।

यस्तै जोस बट्लरले ४१ रन जोड्दा शिबम डुबेले ३५ रन बनाए । याशभी जैशवालले ३२ रन जोडे । मुम्बईका लागि राहुल चाहरले २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।

यस जितसँगै मुम्बईले ६ खेलमा ६ अंक जोडेको छ । मुम्बई चौंथो स्थानमा रहेको छ । राजस्थानको यो चौंथो हार हो । राजस्थानले ६ खेलमा ४ अंक जोडेको छ । राजस्थान सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ६ : ०३ बजे