२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

आईपीएलमा दिल्लीले कोलकातालाई ७ विकेटले हरायो



एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ। अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए । त्यस्तै सुबमन गिलले ४३ रन जोडे । दिल्लीका अक्षर पटेल र ललित यादवले २र२ विकेट लिए । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ६ : ४५ बजे