१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

जसपामा बहुमतको निर्णयः प्रधानमन्त्रीविरुद्ध आउने अविश्वास प्रस्तावलाई समर्थन



काठमाडौं ।

जनता समाजवादी पार्टी ९जसपा०को कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

१४ वैशाखमा बसेको बैठकले नै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्नुका साथै अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए ।

त्यो दिन विहान पदाधिकारी बैठक बसेको थियो, जहाँ संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही र केन्द्रमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल गर्न कार्यकारिणी समिति बैठक बोलाउन प्रस्ताव गरेका थिए । तर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बैठक बोलाउन नै तयार भएनन् ।

त्यही दिन कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठक बसेको बाबुराम–उपेन्द्र पक्षले बताएको छ ।

नेताहरुका अनुसार बैठकले लुम्बिनीमा सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्ने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो । एक नेता भन्छन्, ‘कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले एकमतले निर्णय गरेको हो । अब यसबारे नेपाली कांग्रेसलाई पनि जानकारी गराउँछौं ।’

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ६ : २० बजे