२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

गुजरातको कोरोना अस्पतालमा लागेको आगोमा परी १८ जनाको ज्यान गयो



काठमाण्डौ ।

भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना कोरोनाका बिरामीको ज्यान गएको छ ।

गुजरातको भरुच अस्पतालमा भएको आगलागीमा १८ जनाको ज्यान गएको र केहीको अवस्था थाहा हुन नसकेको स्रोतले जानकारी दिएको छ ।।

५० जना बिरामी रहेको अस्पतालमा राति एक्कासी आगलागी भएको र केहीको उद्धार गरिएको खबरमा उल्लेख छ । भरुचका एसपी राजेन्द्रसिंह चुडासामाका अनुसार केही व्यक्ति हराइरहेका छन् ।

भारतकै महाराष्ट्रमा अघिल्लो हप्ता पनि कोरोना अस्पतालमा भएको आगलागीमा १३ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७८ शनिबार ००:००  १२ : ०९ बजे