५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अहिलेसम्म २१ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा, चार जिल्लामा आंशिक



काठमाण्डौ ।

कारोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिलेसम्म २५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लगाएको छ ।
कोरोनाको दोस्रो लहरको सङ्क्रमणदर र मृत्युदर उच्च भएपछि सरकारले २१ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाएको हो । त्यस्तै, चार जिल्लाका सङ्क्रमण दर बढी भएका पालिकाहरुमा निषेधाज्ञा लगाइएको छ ।
बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा, झापा, गुल्मीमा पूर्ण निषेधाज्ञा लगाइएको छ । बाँकी चार जिल्ला मोरङ, दार्चुला, कालीकोट र बाग्लुङमा सङ्क्रमण बढी भएका ठाउँमा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा गाडीमा जोरबिजोर प्रणाली पनि लागू गरिएको छ । सङ्क्रमणबाट जोगिन कास्की, सुनसरी र झापामा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७८ शनिबार ००:००  २ : १६ बजे