५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपालगञ्जमा थप तीनजना कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज ।

नेपालगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १ का ४५ वर्षीय पुरुषको बिहान १०ः३० बजे मृत्यु भएको हो। वैशाख १५ गते भेरीमा भर्ना भएका उनको १६ गते पीसीआर गरिएको थियो।
भेरीमै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ६ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १३ गते भर्ना भएका उनको १४ गते पीसीआर गरिएको थियो। शनिबार तीन बजे उनको मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेजमा नेपालगञ्ज उपहानगरपालिका वडा नं ४ का ५८ वर्षीया महिलाको मृत्यु भएको छ। वैशाख १५ गते भर्ना भएकी उनको १६ गते पीसीआर गरिएको थियो। उनको बिहान ९ः१५ बजे मृत्यु भयो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्यु हुने एक सय १८ पुगेका छन्।

प्रकाशित मिति : १८ बैशाख २०७८ शनिबार ००:००  ४ : ४२ बजे