५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आज ५७ सय ६३ संक्रमित थपिए, १९ जनाको मृत्यु



काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १४ हजार ९ सय ६९ जनाको परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

१४ हजार ४ सय ३ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ६ र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। २४ घण्टामा १२ सय ८७ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको मन्त्रालयले जनाएको छ। कूल मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको छ । मन्त्रालयका अनुसार आज ६७ जना क्वारेन्टाइनमा रहेका छन्। हालसम्म २४ लाख ८८ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गरिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७८ शनिबार ००:००  ४ : ५३ बजे