भोलिबाट पसलहरु बन्द गर्ने कपिलवस्तु उद्योग बाणिज्य संघको निर्णय


मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले भोलीबाट एक हप्ताका लागी सबै पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
सघंको आज बसेको आकस्मिक सचिवालय समितिको बैठकले बाणगंगा नगरपालिका भित्रका सबै ब्यवसायीक पसलहरु एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको सघंका महासचिव मनोज पौडेलले बताए ।

कोरोना महामारी भयावह अवस्थामा पुगेको भन्दै आफना पसलहरु बन्द गरी स्वास्थ्य मापदण्ड अपनाएर घरमै सुरक्षित बस्न सघंले आग्रह गरेको छ ।

साथै बैठकले कोरोनाको महामारीको चपेटामा तथा संक्रमितको समस्या समाधानमा सहजीकरण गर्न सघंका अध्यक्ष डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्ष छविरेश्मी मगर र महासचिव मनोज पौडेलको समन्वयमा रहन ब्यवसायीहरुलाई आग्रह गरेको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आकस्मिक सचिवालय समिति बैठकको निर्णयहरु
१। कोभिड १९ कोरोना महामारीको अवस्था गम्भीर हुदै गएकोले यस कपिलवस्तु उद्योग वाणिज्य संघमा आबद्ध तथा
नगर भित्र रहेका सम्पूर्ण उद्योगी व्यवसायी एवम् सर्व साधारणहरु लाइ अत्यावश्यक बाहेकका आ आफ्ना पेशा
व्यवसायहरु मिति २०७८ बैशाख २० गते देखि एक हप्ताको लागि पूर्ण रुपमा बन्द गरी भौतिक दुरी कायम गर्दै सुरक्षित
रुपमा घरमै बस्नको लागि आवहान गर्ने निर्णय गरीयो ।
२। महामारीको अवस्था भयावह हुदै गएको सन्दर्भमा राज्यका सम्पूर्ण निकायहरु एवम् स्वास्थ्य सेवा प्रदायकहरु लाई
सम्पूर्ण व्यवस्थापन र तयारीमा रहनको लागि आवहान गर्नुको साथै महामारीको अवस्थामा आफु सुरक्षित हुर्दै मानविय
सेवामा जुट्न सरोकारवाला सम्पूर्ण संघ संस्था राजनैतिक दल लगायत सम्पूर्णमा आवहान गर्ने निर्णय गरीयो ।
३। महामारीको चपेटामा परेका एवम संक्रमितहरु लाई परेका समस्याहरुमा सहजिकरण गर्नको लागि उद्योग वाणिज्य
संघका सम्पूर्ण क्षेत्रगत सदस्यहरुले आ९आफ्नो क्षेत्रको आवश्यक सुचना लिने , अनुगमन गर्ने तथा सम्पूर्ण समन्वय एवम
सहजिकरणको लागि संघका अध्यक्ष , बरिष्ठ उपाध्यक्ष, महासचिवको निरन्तर सम्पर्कमा रहन अनुरोध गर्ने निर्णय गरीयो ।
४। अत्यावश्यक काम कार्यमा घर बाहिर निस्कनु परेमा राज्यले तोकेका स्वास्थ्य मापदण्ड पालन गर्न अनिवार्य माक्सको
प्रयोग गर्न, सेनिटाइजर तथा नियमित रुपमा साबुन पानीले हात धुन अनुरोध गर्ने निर्णय गरीयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस