६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिने



काठमाण्डौ
अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड(१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप रकम प्रदान गर्ने बताउनुभएको हो ।

उहाँले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआइडी) मार्फत रकम उपलब्ध गराइने बताउनुभएको छ।

कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो अमेरिका नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछु, उहाँको ट्विटमा भनिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  ११ : २८ बजे