३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित



काठमाडौं ।
१२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

उनले भनिन्, कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको छ। महामारी कम भएपछि फेरि सुचारु हुने छ।’

१२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।

प्रकाशित मिति : २० बैशाख २०७८ सोमबार ००:००  ११ : १७ बजे