बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु


बाँके ।
बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना सङ्क्रमणबाट खजुरा-७ की ३२ वर्षीया महिला, खजुरा-२ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज-१ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल-८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजो राति ज्यान गएको हो ।

यस्तै बाँकेको कोहलपुर-१५ का ६० वर्षीय पुरुष, बैजनाथकी ६० वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज-५ का ४८ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म १३६ जनाको ज्यान गइसकेको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १२२ जनाको ज्यान गएको अस्पतालल‍े जनाएको छ

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस