१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

बायर्न लगातार नवौं पटक बुन्डेस लिगाको च्याम्पियन



एजेन्सी । बायर्न म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३(२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।बायर्नले लगातार नवौं पटक बुन्डेस लिगाको उपाधि जितेको हो ।समग्रमा बायर्नको यो ३० औं बुन्डेस लिगा उपाधि हो ।

डर्टमण्डको जितमा जाडोन सान्चोले दुई गोल गरे । मार्को रिउसले एक गोल थपे ।लाइपजिगका लुकास र डानिल ओल्मोले एक एक गोल फर्काए ।बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ ।

दोस्रो स्थानको लाइपजिगले ३२ खेलमा ६४ अंक जोडेको छ ।डर्टमण्ड ५८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८ आइतबार ००:००  ६ : २९ बजे