इङ्लिस प्रिमियर लिगः लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हरायो


एजेन्सी ।
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।

कडा सुरक्षाकाबीच खेल भएको थियो । यस अघि म्यानचेस्टर युनाइटेडका समर्थकले लिभरपुलविरुद्ध मैदानभित्र नै पसेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेपछि खेल स्थगित भएको थियो ।

जितपछि पाँचौ स्थानमा रहेको लिभरपुलको ६० अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३६ खेलबाट ७० अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ ।

प्रिमियर लिगको उपाधि सिटीले सुनिश्चित गरिसकेको छ । यस्तै गएराति भएकै अर्को खेलमा एस्टोन भिल्ला र इभर्टनले गोलरहित बराबरी खेलेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस