११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तुमा आजबाट लकडाउन सकिदै, पुनः दोस्रो चरण सुरु हुँदै



मायादेवी अनलाइन, चारनम्बर ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि बैशाख २१ गतेदेखि कपिलवस्तुमा लगाइएको निशेधाज्ञाको पहिलो चरण आज राति सकिदैछ । यद्यपि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पुनः राति १२ बजेदेखि जेष्ठ १० गतेसम्म दोस्रो चरणको निशेधाज्ञा जारी गरेको छ । कोरोनाका विरामी बढेसंगै जिल्लामा पुनः दोस्रो चरणको निशेधाज्ञा थप गरिएको हो ।
निशेधाज्ञाको क्रममा अनावश्यक भीडभाड गर्ने, विना काम बाहिर निस्कने, स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई प्रशासनले कारबाही गर्ने छ । अत्यावश्यकीय पसल व्यवसाय भने विहान ९ बजे देखि दिउँसो १ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  ६ : ३७ बजे