१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिटीको संघर्षपूर्ण जितमा टोरेसको ह्याट्रिक



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।फेरान टोरेसले ह्याट्रिक गरेपछि सिटीले पुनरागमन जित निकालेको हो ।

खेलको २५ औं मिनेटमा इमिल क्राफ्थले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।तर,३९ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।४२ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २(१ को अग्रता दिलाए ।पहिलो हाफको इन्जुरी समयमा जोलिन्टनले गोल गर्दै न्युकासललाई २(२ को बराबरीमा फर्काए ।

६२ औं मिनेटमा जोसेप विललकले गोल गर्दै न्युकासललाई ३-२ को अग्रता दिलाए ।६४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-३ को बराबरीमा ल्याए ।त्यसपछि खेलको ६६ औं मिनेटमा टोरेसले व्यक्तिगत तेस्रो गोल गर्दै सिटीलाई ४-३ को जित दिलाए ।जितसँगै सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ ।

यस अघि नै च्याम्पियन बनिसकेको सिटी शीर्ष स्थानमा रहेको छ ।न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ५९ बजे