१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

डेभिड लुइजले छाड्ने भए आर्सनल



एजेन्सी ।

इंग्लिस क्लब आर्सनलका डिफेन्डर डेभिड लुइजले क्लब छाड्ने भएका छन् ।ब्राजिलियन डिफेन्डर लुइजले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् ।

यस सिजनको अन्त्यसँगै आर्सनलसँग लुइजको सम्झौता सकिनेछ ।३४ वर्षीय डिफेन्डरसँग आर्सनलले सम्झौता नविकरणको प्रयास गरेको थियो ।तर, लुइजले क्लब छाड्ने निर्णय गरेको बताईएको छ ।

लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट अनुबन्ध गरेको थियो ।आर्सनलसँग लुइजले २ वर्षको सम्झौता गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  ७ : ०२ बजे