१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

विप्लव बोलेः भने, चुनाव हैन, जनमत संग्रहतिर जाऔं



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अब जनमत संग्रहमा जानका लागि सबैलाई आग्रह गरेका छन् । शनिबार विज्ञप्तिमार्फत् संसद् विघटन र मध्यावधि चुनावबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय व्यवस्था सफल नभएकाले वैज्ञानिक समाजवादले मात्र निकास दिन सक्ने बताए । ‘जनमत संग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट पार्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको उनको ठहर छ । त्यसकारण चुनावमा जानु झन् ठूलो संकट निम्तनु उनको तर्क छ ।

‘यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्नु हो,’ विप्लव ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  ३ : ५५ बजे