७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट हाल्न हस्ताक्षर गर्ने एमाले सांसदहरु



काठमाडौँ ।
संसद विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नका लागि नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको प्रस्तावमा २६ जना सांसदले हस्ताक्षर गरेका भए पनि सर्वोच्चमा रिट दायर गर्दा संख्या घटेको हो।

संविधानको धारा ७६ को ५ बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै शीतल निवासमा बुझाइएको निवेदनमा हस्ताक्षर गर्ने माधव समूहका सांसदहरु गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले रिटमा हस्ताक्षर नगरेका हुन्।

सांसद योगेश भट्टराईले भने यसअघि पनि हस्ताक्षर गरेका थिएनन्।

रिटमा हस्ताक्षर गरेका सांसदहरु

१ विरोध खतिवडा
२ जीवनराम श्रेष्ठ
३ घनश्याम भुसाल
४ सोमप्रसाद पाण्डे
५ कृष्णलाल महर्जन
६ झपट रावल
७ निरादेवि जैरू
८ सरलाकुमारी यादव
९ कल्याणी खड्का
१० लक्ष्मी कुमारी चौधरी
११ माधव कुमार नेपाल
१२ भीम बहादुर रावल
१३ कलिला खातुन
१४ रामकुमारी झाँक्री
१५ झलनाथ खनाल
१६ पुष्पा कुमारी कर्ण (कायस्थ)
१७ भवानीप्रसाद खापुङ
१८ यज्ञ बहादुर सुनुवार
१९ सुरेन्द्र पाण्डे
२० मुकुन्द न्यौपाने
२१ मेटमणि चौधरी
२२ दीपकप्रकाश भट्ट
२३ नारायण खतिवडा

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  २ : २० बजे