१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहन गरेको आरोपमा नेवि संघ कपिलवस्तुका ३ नेता पक्राउ



मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेवि संघ) कपिलवस्तुका तीन नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

संसद विघटन गरेर प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेकोमा राष्ट्रपति भण्डारीले साथ दिएको भन्दै नेवि संघले सोमबार गोरुसिंगेमा राके जुलुससंगै पुत्लादहन गरेका थिए ।

उक्त बेला महाधिवेशन प्रतिनिधि रुपकराज खनाल, नेवि संघ बुद्धभूमि नगर सभापति अच्युत अर्याल र सक्रिय कार्यकर्ता कल्याण खनाललाई गोरुसिंगे प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना अहिले गोरुसिंगेको प्रहरी हिरासतमा रहेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ७ : ५३ बजे