१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

विप्लव निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुद्धारा रक्तदान



मायादेवी अनलाइन, चारनम्बर ।

नेत्र विक्रम चन्द (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) कपिलवस्तुले रक्तदान गरेको छ ।

कोरोनाको यस महामारीका कारण नेपाल रेडक्रस सोसाइटी तौलिहवामा रगत अभाव भएको खबर थाहा पाएपछि रक्तदान गरिएको हो । सहिद प्रज्वल शाही लगायत सम्पुर्ण सहिदहरुको स्मरण गर्दै कोरोना महाबिपत्तिबाट मानव समुदायलाई थोरै भए पनि राहत दिन रक्तदान गरिएको क्रान्तिकारीका जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले बताउनु भयो ।

उहाँले स्वास्थ संकटको बेला रक्तदान गरि मानवीय सेवा प्रदान गर्ने सबैलाई धन्यबाद दिँदै कोरोनाविरुद्ध एक भएर लड्न आग्रहसमेत गर्नु भएको छ ।

अखिल क्रान्तिकारीले आगामी दिनमा मास्क सेनिटाइजर, राहत प्याकेज बितरण गर्दै कोरोनाको बेला जनतालाई निशुल्क उपचार गर्न राज्यलाई दबाब दिने, अक्सिजन व्यवस्थापन गर्ने, बालबालिका र विद्यार्थीको लागि अनलाइन कक्षाको अनुगमन गर्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ६ : १२ बजे